कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८० सालको कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालले परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् । उनले आजै परीक्षाफल प्रकाशन हुनसक्ने सम्भावना भने न्यून रहेको स्पष्ट पारे । बोर्डले साउनभित्रमै परीक्षाफल प्रकाशन गरिसक्ने प्रतिबद्धता जनाएको छ ।