अमेरिकाको जंगलमा भिषण डढेलो

काठमाडौं । अमेरिकाको जंगलमा लागेको भिषाण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढन सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन् ।

अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक डढेलो हो । (तस्वीर : सिन्ह्वा)