नदीमाथि झुन्डिएको केबलकारबाट ८ जनाको १४ घण्टापछि गरियो उद्धार

काठमाडौं । पाकिस्तानमा ९०० फिटको उचाइस्थित केबलकारमा फसेका सबै ८ जनाको सकुशल उद्धार गरिएको छ। पाकिस्तानको खैबर पख्तुनख्वामा नदीमाथि झुन्डिरहेको केबलकारबाट बुधबार बिहान ६ जनालाई उद्धार गरिएको हो।

यो उद्धार अपरेशन १४ घण्टासम्म चलेको हो। केबलकारमा ६ स्कुले बालिका र २ शिक्षक फसेका थिए। यी सबैजना अन्य दिनको जस्तै स्कुल गइरहेका थिए। केबलकार अड्केको तल गहिरो नदी थियो, जहाँ वर्षाका कारण बाढी आइरहेको थियो।

यिनमा २ जनाको मंगलबार राति नै उद्धार गरिएको थियो। तर तीव्र वर्षात् र अँध्यारोका कारण राति उद्धार अभियान रोकिएको थियो।

बुधवार सबेरै बिहान उद्धार अभियान फेरि सुरु भयो। पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवार उल हक काकडले खैबर सरकार र फौजलाई तीव्र गतिमा उद्धार अभियान चलाउन भनेका थिए।

‘जियो न्युज’ का अनुसार जुन केबलमा मंगलबार बिहानदेखि कार फसेको थियो, त्यसैमा अर्को सानो कार लगाइएको थियो।

जसमा फसेका बालबालिका र शिक्षकलाई खाना र पानी पठाइएको थियो। त्यसपछि दुवै केबललाई बिल्कुल करिब ल्याएर एक-एक गर्दै सुरुमा दुई जनालाई निकालियो। तर विज्ञहरुले यो विधिलाई एकदमै खतरानक र जोखिमयुक्त भनेका छन्।

यसअघि नै केबलमा क्षति पुगिसकेको थियो। यदि केबलमा धेरै बल गरियो भने जोगिएको तार पनि चुँडिने सम्भावना थियो। उद्धार टोलीका अनुसार अन्य सबै उपायले काम नगरेपछि यो खतरनाक विकल्प रोजिएको हो।

मंगलबार यहाँका दुई शिक्षक र ६ विद्यार्थी स्कुलका लागि निस्किएका थिए। उनीहरु दैनिक यसै केबलकारबाट नदी पार गरेर विद्यालय आउने जाने गर्छन्।

यस केबलकारलाई एक निजी कम्पनीले चलाउँथ्यो। मंगलबार बिहान केबलकार जब नदीको सिधा माथि पुग्यो तब यसमा लागेको तार एक पटक चुँडिएर मोडिन पुग्यो। त्यहीकार कार नदीमाथि नै झुन्डिएर रोकियो। त्यसपछि उद्धारका लागि दुई हेलिकोप्टर पनि पठाइएको थियो।