एकीकृत समाजवादीका उपमहासचिवलाई मातृशोक

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ।

खतिवडाको आमा मालतीको उपचारको क्रममा शिक्षण अस्पताल, महाराजगञ्जमा मंगलबार बिहान ८० वर्षको उमेरमा निधन भएको हो।

ब्रेनस्टोकबाट पीडित उनको लामो समयदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै आएको थियो।

मालतीका एक छोरा र तीन छोरी छन्।

उनको आज मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिने बताइएको छ।