प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड त्यतैबाट ५ असोजमा चीन भ्रमणमा जानेछन् ।