चिकित्सकको आन्दोलनले देशभरका अस्पतालमा उपचार सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं । नेपाल चिकित्सक संघले गरेको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। संघको आह्वानमा आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द भएको छ।

चिकित्सक जाँच उपचार छाडेर अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्। सेवा बन्द हुँदा बिरामी अस्पताल बाहिर अलपत्र परेका छन्।

सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै संघले सरकारलाई ७२ घण्टे अल्मिेटम दिएको थियो। शनिवार समय पूरा भएपछि संघले अस्पतालमा सेवाबन्दको घोषणा गरेको थियो।