चिकित्सकसँग भएको सम्झौता अक्षरश: कार्यान्वयन गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामनत्री गगन थापाले चिकित्सकसँग भएको सम्झौता अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् ।

आजको संसद बैठकमा बोल्दै उनले सम्झौता भएको २४ घण्टा पनि नपुग्दै फेरि आक्रमण भएको भन्दै थापाले सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।

एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्ड पहिले नै बनाएको तर मन्त्रालयमा धुलो लागेर बसेको भन्दै उनले उक्त मापदण्ड पढ्न आग्रह गरे ।