राष्ट्रपति विद्यादेवी भण्डारीसँग किन भेटिन चिनियाँ राजदूत यान्छीले

काठमाडौं । केपी शर्मा ओलीको मन्त्रीपरिषद् वैठकले संसद विघटन गरेको दुई दिन वित्न नपाउँदै चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् ।

यान्छीले आज साँझ ६ बजे राष्ट्रपति भवन शितलनिवास पुगेर भण्डारीसँग भेट गरेकी हुन् ।

करिव दुई तिहाईको कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गरिरहेकै अवस्थामा पार्टीको आन्तरिक कलहका कारण संसद विघटन गरिएपछि छिमेकी मुलुक चिनले आफ्नो राजदूत मार्फत राजनीतिक वास्तविकता बुझ्न राष्ट्रपतिसँग भेट गर्न लगाएको दावी गरिएको छ ।

कोभिड १९ विरुद्ध चिनियाँ भ्याक्सिन उपलब्ध गराउने विषयमा राजदूतले राष्ट्रपतिसँग कुरा गर्न खोजेको बताईएको भएपनि त्यसलाई राजनीतिक दलहरुले स्वीकार गरेका छैनन् । बरु संसद विघटनपछि चिनियाँ राजदूतको राजनीतिक चलखेल बढेको आशंका गरिएको छ ।