सक्कली छ त चीनिया राजनैतिक गम ?

संसद विघटनपछि भारतीय पक्ष आत्मरतिमा रमाउँदै गर्दा चीन पक्ष भने सुपर ग्लु लिएर काठमाडौं आयो । उसले उच्चस्तरीय राजनैतिक भेटघाट गरिरहेको छ । चिनीयाँ प्रतिनीधि मण्डलको भ्रमण नेकपालाई सुपर ग्लुले टाँस्ने योजनामा रहेको छ ।

विगतमा पटक पटक फुटको संघारमा पुग्दा चिनीया राजदुत यान्छी धेरै सक्रिय भएकी थिइन् । अहिले चीनको प्रतिनीधि मण्डलको भ्रमणले चीन पक्ष नेपालमा बढी सक्रिय रहेको देखिन्छ । मुलधारको राजनीतिमा भारत जस्तै चीन पनि आफुलाई सक्रिय राख्न चाहने यो भ्रमणको अर्थ हो ।

चीनले नेपालमा राजनैतिक स्थिरता चाहेको छ तर उसले बोकेको गम नक्कली पो पर्ने हो कि भन्ने धेरैको चासो छ । उसको गम कति पावरफुल छ त्यो भने समयले देखाउने नै छ । राजनैतिक सुपर ग्लुले नेकपा टाँसिएन भने चीनको अर्को मिसन जस्तो सुकै भए पनि स्थिर सरकार बनाउनमा केन्द्रित रहने विश्लेशकहरु बताउँछन् ।