आमालाई करणी गर्ने जेल चलान

काठमाडौं ।

केहि वर्ष अघिदेखि लगातार रक्सीले मातेर आफ्नै आमालाई बलात्कार गर्ने छोरो जेल चलान भएका छन् ।

दमौर्ली बन्दीपुर गाउँपालिका घर भएका एकतीष वर्षीय पुरुषलाई जिल्ला अदालत दमौलीले जन्मकैदको फैसला सुनाएको छ ।

आमा माथि उनले लगातार मादक पदार्थ सेवन गरी बलात्कार गर्दै आएकोमा आमाले सहन नसकी प्रहरीमा उजुरी दिएकी थिइन् ।

जिल्लाका श्रेस्तेदार मीनबहादुर कुँबरका अनुसार निज पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्षको सजाँय सुनाइएको छ ।