लागुऔषध कारोबारी दुई महिला प्रहरीको फन्दामा

सुर्खेत
प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।प्रारम्भिक अनुसन्धानमा उनीहरु सासु बुहारी रहेको खुल्न आएको हो ।

ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित वीरेन्द्रनगरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

घर्तीले बताए अनुसार बुहारी २४ वर्षीया शान्ति सिंह र सासू ५० बर्षीया कौसिला सिंहलाई पक्राउ गरिएको छ। बुहारी शान्तिको कोठामा खानतलासी गर्दा ५ ग्राम १७० मिलिग्राम लागूऔषध भेटिएको थियो । खानतलासीपूर्व प्रहरीले सुराकीमार्फत सुचना पाएको थियो ।

घर्तीले सासू कौसिला सिंहको कोठा पनि खानतलासी चौध ग्राम नौ सय सत्तरी मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको पनि जानकारी दिए।

थुनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै केहि रकम समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।