बैंकहरूमा नयाँ नोट साट्नेको लाइन हेर्नुहोस् (तस्वीरहरू)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने सुविधा दिएपछि बैंकहरूमा नोट साट्नेहरूको घुइँचो लागेको छ । दसैँ, तिहारलगायत चाडबाड लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सहटी सुविधा दिएको हो ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरूका शाखामा नयाँ नोट साट्न पाइनेछ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरूले राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन् । रू पाँच, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइनेछ ।

काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकमा पनि नयाँ नोट साट्नेहरूको लामो लाइन लागेको छ ।

तस्वीरहरू