त्रिदेशीय टि-२० सिरिजः नेपालले टस जित्यो, युएइविरूद्ध बलिङ गर्ने

तस्बिरः क्यान

काठमाडौं । त्रिदेशीय टि-२० सिरिजमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

मुलपानी क्रिकेट ग्राउन्डमा टस जितेर कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

नेपालले पहिलो पटक घरेलु मैदानमा युएईविरूद्ध टि-२० क्रिकेट खेल्दैछ।

यसअघि भएका ५ खेलमध्ये तीन खेलमा युएई र २ खेलमा नेपाल विजयी भएको छ।

आगामी टि-२० विश्वकप छनोटको तयारीस्वरूप नेपाल, युएई र हङकङले सिरिज खेल्न लागेका हुन्। नेपालले दोस्रो खेल हङकङसँग (कात्तिक ३ गते) पर्सी हुनेछ।

आजको खेलमा रोहित पौडेलको कप्तानीमा आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।

सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।