सुनचाँदीको मूल्यमा वृद्धि , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ६ सय र चाँदी तोलामा ३५ रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घ जानकारी दिएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १६ हजार नौ सय, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ३५० र चाँदीको मूल्य एक हजार ४८५ रुपियाँमा कारोबार भइरहेको छ ।

शुक्रबार एक लाख १६ हजार तीन सय रुपियाँमा छापावाल सुन, एक लाख १५ हजार ७५० रुपियाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

ताजा अपडेट