संसद्को भूमिका प्रभावकारी बन्न सरकार पनि यसप्रति उत्तरदायी हुनुपर्छ – सभामुख घिमिरे

काठमाण्डौँ  । ​​सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् । उनले राज्यका कानूनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानूनी अभावमा नीतिगत रुपबाट नै संसद्ले ऐनकानूनद्वारा मार्गनिर्देशन गर्न सक्ने धारणा व्यक्त गरे ।