तीन सांसदले लिए मन्त्री पदको शपथ

काठमाडौ । तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति निवास शितल विवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई शपथ गराउनुभएको हो ।

नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले मन्त्रीको शपथ लिनुभएको हो ।

यि मन्त्रीहरु विनाविभागीय मन्त्री हुन् ।