गजल-उठ्दा हरेक बिहान

लोकराज अधिकारी
उठ्दा हरेक बिहान तेजिलो सास होस
बस्दा हरेक साँझ विशेष अनि खास होस ।
हरेक पल जिन्दगीको परीक्षा चलिराछ
सबैलाई लाग्छ नै फेल हैन पास होस ।
चाहना र सपनाहरू फरक फरक हुन सक्छ
साझा इच्छा एउटै हुन्छ दुख कष्ट नास होस ।
मान्छेको जिन्दगीको भर के नै छ र
कति बेला लेखिने हो स्वर्गमा बास होस ।