मुग्लिङमा पहिरोले बगाएर दुई वस त्रिशुलीमा खस्यो

नारायणगढ । मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६५ जना रहेका प्रहरीले जनाएका छन्। आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एञ्जल बस त्रिशूलीमा खसेको हो।

गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका छन् । घटनास्थलमा पानी परिरहेकाले उद्धारको काम थप कठिनाइ भएको छ।