भूकम्पको कारण जापानको जनजीवन अस्तव्यस्त

रोयटर्स । जापानमा शनिबार मध्यराति गएको ७.३ म्याग्निच्युडको भूकम्पपश्चात् उत्तरपूर्वी क्षेत्रमा आइतबार रेलसेवा बन्द गरिएको छ भने भूकम्पका कारण १०० जनाभन्दा बढी घाइते भएको जनाइएको छ ।

यो सन् २०११ मा गएको विनाशकारी भूकम्पको परकम्प भएको भूगर्भविद्हरुले बताएका छन् । २०११ मा ९ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीले १६ हजारभन्दा धेरैको मृत्यु भइ ठूलो क्षति पुर्‍याएको थियो ।

शनिबारको परकम्पले पर्खाल, झ्यालमा क्षति पुर्‍याएको छ भने केन्द्रविन्दुको सबैभन्दा नजिकको क्षेत्र फुकुसिमामा पहिरो गएको हो । त्यस्तै, हजारौँ किलोमिटर टाढा राजधानी टोकियोमा पनि यसले भवनहरु हल्लाएको थियो । भूकम्पको केही समयपछि हजारौँ भवनहरुमा बत्ती गएको थियो, जुन आइतबार बिहानसम्म सबै ठाउँमा मर्मत गरिसकिएको बताइएको छ । त्यस्तै, पर्खालहरु मर्मत गर्ने र सरसफाइको काम पनि जारी छ