ओलीले अतिवाद लाद्ने भएपछि माधब नेपाल समानान्तर कमिटि बनाउँदै

काठमाडौ । ओलीले अतिवाद सिर्जना गरेपछि नेकपा एमाले माधव कुमार नेपाल पक्षले सबै जिल्लामा समानान्तर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेको निर्णयलाई अस्वीकार गर्दै समानान्तर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी जिल्ला तथा कमिटीहरुमा आफ्ना मान्छे नभएको स्थानमा समानान्तर कमिटी पनि बनाउने निर्णय सो समूहले गरेको छ ।

शुक्रबार साँझ अर्याल होटल बानेश्वरमा राजधानीमा उपलब्ध स्थायी समिति र केन्द्रीय सदस्यहरुको भेलाले पहुँच पुगेको जिल्लामा पार्टी कार्यालय नछाड्ने र अन्य स्थानमा नयाँ कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।