स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काठमाडौं । पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा२१च ३८३९ नम्बरको कारमा स्रोत नखुलेको २७ लाख रुपैयाँ बरामद भएपछि प्रहरीले तामाङलाई पक्राउ गरेको थियो । उक्त रकम घिमिरेको हो भन्ने खुल्न आएपछि काठमाडौं पेप्सीकोलाबाट उनलाई पनि नियन्त्रणमा लिई बालकोटस्थित कोठामा खानतलासी गर्दा थप १५ लाख ३० हजार रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए । साथै घिमिरेका नाममा काटिएको विभिन्न बैंकको चेक बरामद भएको छ ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा जुवा खेलेको वा खेलाएको अभियोगमा २०७४ कात्तिक १९ मा महानगरीय प्रहरी वृत्त महाराजगन्ज र २०७७ पुस ३ मा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा तथा बैंकिङ कसुर मुद्दामा समेत २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धमा मुद्दा दर्ता भई घिमिरे पटके तथा फरारसमेत रहेको अनुसन्धानबाट खुल्न आएको डीएसपी गिरीले बताए । दुवैलाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक पठाइएको छ ।