निषेधाज्ञाको चपेटामा सर्वसाधारण

काठमाडाैं ।  नेपालमा निषेधाज्ञाको मौका छोपेर केही व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउनु नाैलाै कुरा भएन । धेरै व्यापारीकाे अहिलेकाे काम कालोबजारी गर्नु रहेकाे छ ।  नियमनकारी निकायले बजार अनुगमन गरिदिने हाे भने यस्ताे अवस्थामा कमी आउन सक्थ्यो तर, नियमनकारी निकायको तदारुकता छैन । यसले कालोबजारीलाई बढावा दिएको छ । उवभोक्ता यसबाट मारमा परेका छन् ।

दैनिक गिट्टी कुटेर साँझ–बिहानको छाक टार्ने रामबहादुरलाई अहिले कोरोना सङ्क्रमणका कारण भएको निषेधाज्ञाले दैनिक मजदूरीको काम रोकिँदा खानका लागि निकै समस्या हुन थालेको छ । यसमाथि बजारकाे  महंगीले ढाड सेकेकाे छ । अहिले नै बजारमा सामानको अभाव हुने समय भइसकेको छैन ।  बजार अनुगमनमा पनि यस्ताे देखिएकाे छैन ।  मन्त्रालयले कालाे बजारीहरूलाई   कारबाही गर्ने बताए पनि त्याे काम हुन सकेकाे छैन । खाने कुराकाे मूल्यमा कालाे बजारी हुनु दुखकाे कुरा हाे ।

मेडिकलहरुले औषधिमा समेत मूल्य वृद्धि गरेको देखिन्छ । खाद्यान्न, सुर्तीजन्य पदार्थ तथा खाने तेलको मूल्यमा अस्वाभाविकरुपमा मूल्य वृद्धि भएको  टिकापुका स्थानीयवासी नरराज रावतले बताएका छन् । निषेधाज्ञा हुनुको पहिलो दिन प्रतिकेजी रु ८० पर्ने चिनीको मूल्य ९० पुगेको छ । प्रतिप्याकेट एक सय पर्ने मास्कको मूल्य तीन सय पुगेको  बताइएकाे छ ।

अघिल्लो दिनसम्म स्थिर रहेको मूल्य निषेधाज्ञा भएको दिनदेखि व्यापारीले कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका हुन् । यसले निषेधाज्ञाको चपेटामा परेका सर्वसाधारणहरुलाई ठूलो मार परेको छ  ।