अक्सिजन कम्पनीको प्लान्टमा आयो खराबी

धनगढी । धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन कम्पनीको प्लान्टमा खराबी  आएकाे छ ।

 

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रदेशमै रहेको एक मात्र ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजन आपूर्तिमा थप समस्या सिर्जना भएको बताए । सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्लान्टमा पनि खराबी आएकाेले समस्या जटिल बन्ने देखिएकाे हाे