कोरोना संक्रमणबाट आज १ सय ६८ जनाको निधन

काठमाडौं, २९ बैशाख । कोरोना संक्रमणबाट आज १ सय ६८ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४२ सय ५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबार एकैदिन नेपालमा २ सय २५ जनाको संक्रमणबाट निधन भएको थियो ।

 

पिसीआर परिक्षणबाट ९ हजार २ सय ६८ र  ६७ जनाको एन्टिजेन परिक्षण गर्दा आज जम्मा ९ सय ३ जना ५ कोरोना संक्रमित थपिएका छन् । मंगलबार ९ हजार ३ सय १७ जना थपिएका थिए ।