इदकाे दिन पनि राेकिएन इजरायल र प्यालेस्टाइनबीचकाे तनाव

एजेन्सी । इजरायल र प्यालेस्टाइनकाे तनाव इदकाे दिन पनि राेकिएकाे छैन ।  इजरायल र प्यालेस्टाइनबीच  युद्ध भएकाे गाजा क्षेत्रकाे आकाश रकेटले तिलमिलाम्मे भएकाे छ । पछिल्लाे समय प्यालेस्टाइन र इजरायबीच यस क्षेत्रलाई लिएर तनाव बढ्दै गएकाे समाचार एजेन्सीहरूले जनाएका छन् ।  यस तनावकाबीच दुवै देशका नागरिककाे मृत्यु हुने क्रम राेकिएकाे छैन । हालसम्म भएको  तनावमा १३० भन्दा बढी सर्वसाधारण र सैनिकहरूले ज्यान गुमाइसकेका छन् ।

प्यालेस्टाइनी विद्रोही समूह हमास र इजरायली सेनाले एकअर्काको क्षेत्रमा रकेट प्रहार गरिरहेका छन् । गाजाको आकाशमा रकेटहरु उडेको देख्न सकिन्छ । गत सोमबारदेखि सुरु भएको तनाव मुस्लिमहरुको पवित्र रमाजानको बेलासम्म मत्थर भएको छैन बरु, यसले युद्धको रुप लिने संकेत देखिएको छ ।