‘बिरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाउनू’

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरूलाई कोरोनाका बिरामीका आफन्तलाई अक्सिजन खोज्न नपठाउन निर्देशन दिएकाे छ ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको रहेको जनाएका छन् । उनले  चिकित्सक तथा नर्सहरूलाई बिरामीको आफन्तलाई अक्सिजन खोज्न नपठाउन पनि भनेका छन् ।

अक्सिजन अभाव भएको भन्दै चिकित्सकहरूले बिरामीको आफन्तलाई अक्सिजन लिएर आउनुस् भनेर भन्ने गरेको गुनासो आएको भन्दै  यसाे  नगर्न अनुरोध गरिएको उनले जनाए।  पछिल्लो समय अक्सिजनको अभाव हुन थालेपछि बिरामीका आफन्तहरू नै अक्सिजन उद्योग अगाडि लाम लाग्ने गरेका छन्।  प्रवक्ता गौतमले चीनबाट आज आइपुग्ने १८ हजार अक्सिजन सिलिण्डर सातै प्रदेशका अस्पतालहरूमा पठाइने पनि जानकारी दिए।