बादललाई राप्रपाको पनि साथ

काठमाडौं ।  राष्ट्रिय सभा रिक्त सदस्यको पदका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे एमाले उम्मेदवार रामबहादुर थापा (बादल)लाई साथ हुने भएकाे छ  । एमालले पत्रसहित सहयोग गर्न अनुरोध गरेपछि आफ्ना पार्टीका मतदातालाई बादललाई नै मतदान गर्न निर्देशन दिइएको छ । राप्रपाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवार को पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन दिएको छ । वागमतीबाट राप्रपाका दुई प्रदेशसभा सदस्य र दुईजना गाउँँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता छन् । यस अघि बादल उमेद्वारी दिन हेलिकप्टर चढेर गएकाे कुरामा विवादसमेत भएकाे थियाे ।