सरकारी अस्पतालमा बेड अभाव, निजी अस्पतालमा लुट धन्दा

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट देखिएसँगै नेपालका सरकारी अस्पतालमा कोभिड विरामीका लागि बेडको अभाव देखिएको निकै नै भईसकेको छ । एकातिर दिनप्रतिदिन कोभिड संक्रमितहरुको संख्या बढ्दै गईरहेको छ । अर्कोतिर कोभिड कै कारण मृत्युदर पनि बढ्दै गईरहेको छ ।

सरकारमा बसेकाहरु सत्ताको लुछाचुडीमा रमाईरहेका देखिन्छन् । जनता अक्सिजन र अस्पतालमा बेड अभावले छट्पटिरहेका बेला अस्थिर राजनीति र महामारीको फाइदा उठाउँदै निजी अस्पतालहरु भने कमाउ धन्दामा सक्रिय देखिएका छन् ।

कोभिड १९ संक्रमित परिवारलाई कंगाल बनाएर सडक मै पु¥याउन सोच देखिएको छ । समाजसेवाको सेतो कपडा भित्र कालोधन्दा चल्ने गरेको कतिपय स्वस्थ्यकर्मीहरुले नै बताउँदै आईरहेका छन् । अहिले कोभिड संक्रमतिको उपचार गरिरहेको अस्पतालहरु स्वास्थ्य सेवाका नाममा ब्रम्हलुट मच्चाईरहका छन् । निजी अस्पतालहरुको यो लुटमा स्वास्थ्य मन्त्रालय, सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुको पनि उत्तिकै जिम्मेवारी देखिएको छ ।

विगतमा अस्पताललाई मन्दिर र चिकित्सकलाई भगवानका रुपमा सम्वोधन गरिने भएपनि अहिले कोभिडको यो संक्रमणको अवस्था चिकित्सहरु स्वयं काल बन्ने गरेको आरोप लागेको छ । विशेषत ः निजी अस्पतालहरुले साधारण बेडमा नै उपचार गराउने मिल्नेलाई आईसियु र आईसियुमा राख्नु पर्ने विरामीलाई भेण्टिलेर मै पु¥याउने गरेको आरोप छ ।

कतिपय विरामीहरुले अस्पताल अहिले पसल जस्तै भएको र जसरी हुन्छ सेवाग्राहीलाई ठग्ने नियत राख्ने गरेको गुनासो गरेका छन् । सरकारले यो विषय परिस्थितिमा निजी अस्पताललाई आफ्नो निगरानीमा राखेर विरामीको उपचार गर्न निर्देशन दिने र सरकारी निर्देशन अवज्ञा गरी कोभिड १९ संक्रमित विरामीको उपचार नगरे अस्पताल वन्द गराउनेसम्मको निर्णय लिन सक्नु पर्दछ ।