क्यामेरामा कैद भएका जलपरीका तस्वीरहरु

जलपरी भन्ने बित्तिकै हाम्रो दिमागमा पौराणिक कथाहरुमा वर्णन गरिएको शब्दहरु याद आउँछ । या हामीलाई बुढापाकाहरुले सुनाएका अनौठो कथाहरुको याद आउँछ । आजको युग भने हरेक चिजलाई पाउन लालायित छ । विश्वका कतिपय सुन्दरीहरुलाई सबैभन्दा सुन्दर भनेर वर्णन गरिएका जलपरी बन्न मन लाग्छ । कतिपय सुन्दरीहरुले त यसको लागि करोडौं रकम पनि खर्च गर्ने गरेका छन् । हुन पन ियो विश्व आश्चर्यहरुले भरिएको छ । यहाँ यस्ता आश्चर्यहरु छन् जो कहिल्यै खोजेर सकिँदैन । जलपरी एकदमै सुन्दर हुने कुरा त हामी सबैलाई थाहै छ ।

जलपरीहरु कथाहरुमा वर्णन गरिए अनुसार अनुहार मान्छेको र कम्मर मुनीको भाग माछाको हुने बताइएको छ । जसलाई आधार मानेर बलिउड र हलिउडमा धेरै फिल्म पनि बनाइएको छ । साँच्चैको जलपरी हालसम्म फेला नपरे पनि विश्वभरि जmपरी बन्ने होडमा लागेका नायिकाहरुको तस्वीहरु भने उपलब्ध छन् । कतिपय चित्रकारहरुले पुरानो जमानामा जलपरीको चित्र बनाएका हुन्थे । ती चित्रहरु पौराणिक मिथकलाई आधार मानेर बनाइएका हुन्थे । आज डिजिटलाइजेसनको युग छ । ती पुराना काल्पनिक चित्रहरुलाई आधार बनाएर कतिपय सुन्दरीहरुले आफूलाई जलपरी जस्तै साजाएका छन् हेरौं तस्वीरहरुमा…