योगेश र गोकर्णको राजनीति यता न उती बाख्राको पुच्छर भुटी

काठमाडौं । एमालेका नेताद्वय याेगेश योगेश भट्टराई र गोकर्ण बिष्ट कहिते माधवपक्षमा त कहिले ओलीपक्षमा कुदिरहेका छन् । उनीहरूको याे कृत्यलाई यता न उती बाख्राको पुच्छर भुटी भनी खिस्याउने बेला भएको विश्लेषण गर्ने बेला भएको छ । पहिले उनीहरूले  माधवकुमार नेपाललाई अन्तिम समयमा साथ दिएनन् । फेरि हाल माधवकै कित्तामा  फर्किएका छन् । उनीहरु अहिले ओलीविरुद्धको कित्तामा देखिएका छन्।

ओलीको पछिल्लो कदमको चर्को आलोचना गर्दै त्यसविरुद्ध लाग्न गरिएको अपिलमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुको नाम छ । जसमा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईको पनि नाम छ । यसले नेताद्वय योगेश र गोकर्ण यता रहेको बुझाउँछ ।

यसअघि योगेश भट्टराई देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल समूहका सांसदले गरेको हस्ताक्षरबाट पछि हटेका थिए । उनीमाथि नेपाल समूहमाथि धोका दिएको आरोप समेत लागेको थियो । हस्ताक्षर गरेका गोकर्ण बिष्ट सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने रिटमा हस्ताक्षर गर्न मानेका थिएनन् । कहिले यता कहिले उता गरिरहेका कारण उनीहरूलाई ‘योगेश र गोकर्णको राजनीति यता न उती बाख्राको पुच्छर भुटी’ भनेर पार्टीकै नेताहरूले खिस्सी गरिरहेका छन् ।