मुलुकको आमूल परिवर्तनका लागि पृथक सोच बोकेका युवाका ढुकढुकी थापा रहेनन्

काठमाडौं । मुलुकमा भएको व्याप्त भ्रष्टाचार, कुरीति , नातावाद र कृपावादका कारण जनताले निकै प्रताडित हुन परेको भन्दै जनताको चाहना अनुरुप राज्य सञ्चालन गर्नु पर्दछ भन्नका लागि अभियानका रुपमा अगाडि बढेको विवेवशील नेपालीका संस्थापक उज्वल थापाको निधन भएको छ । आज दिउँसो उनको निधन भएको मेडसिटी अस्पतालले औपचारिक रुपमा घोषणा गरेको छ ।

कोभिड १९ संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थापाको उपचार कै क्रममा निधन भएको हो । कोभिड संक्रमणलाई जितेर नेगेटिभ परिणाम आउँदा पनि संक्रमणले शरीरका अन्य भागलाई कमजोर बनाएकै कारण उनको निधन भएको अस्तपालले जनाएको छ ।

पछिल्लो समय फरक राजनीतिक धारलाई वोकेर अगाडि बढेका थापा युवा पुस्ताका ढुकढुकी बन्न सफल भएका थापा कोभिड संक्रमण भएदेखि नै उनका लाखौं शुभचिन्तक उनको स्वास्थ्यको चिन्तामा मात्र थिएनन् ।

उनको उपचारमा कुनै कमी नआओस् भन्नका लागि देश विदेशमा रहेका उनका शुभेच्छुकहरुले आर्थिक संकलन समेत गरिरहेका थिए । तर कोभिड संक्रमणले थिलथिलो बनाईसकेको उनको शरीरका अन्य भागले काम गर्न छाडेपछि उनले पछि संसार छाडेका छन् ।