गोखराको फुजेलमा ६२ जनालाई एण्टिजेन परिक्षण गर्दा दुई जनामा पोजेटिभ

गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ३ फुजेलमा कोभिड १९ को संक्रमण पत्ता लगाउने उदेश्य गरिएको एण्टिजेन परिक्षणमा २ जना व्यक्तिलाई पोजेटिभ देखिएको छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको निजी सचिवालय मातहतमा रहेर सिभिएस टोलीले एण्टिजेन परिक्षण गरेको हो ।

कार्यक्रममा काठमाडौबाट गएका चिकित्सक टोलीले एण्टिजेनको परिक्षणसँगसँगै पोजेटिम देखिएका विरामीलाई आवश्यक उपचार सहित परामर्श समेत दिएको थियो ।