२४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना मुक्त

काठमाडौं । पछिल्लो समय कोभिड १० को संक्रमण घटदो क्रममा देखिएको छ । कोभिडको संक्रमण घट्ने संख्यासँगै कोरोना मुक्तहुनेहरुको संख्या भने दैनिक बढिरहेको देखिन्छ । पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।