‘छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने छौं’

काठमाडाैं । शिक्षा तथा स्वास्थ्य मन्त्रालय समालिरहेका कृष्ण गोपाल श्रेष्ठले सरकारले हल्ला नगरी सबै नागरिकलाई खोप दिलाउने वचन दिएका छन् । उनले अन्य मन्त्रीले जस्तो हल्ला र प्रचार नगरी सर्वसाधारणलाई खोप दिने बताएका हुन् । उनले खोपका बारेमा हल्ला धेरै भएकोले काम गरेर देखाउने बताएका हुन् ।

उनी भन्छन्, ‘खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ,’ उनले थपे,‘हामी कुराभन्दा काममा विश्वास गर्दछौं, त्यसैले हल्ला नगरीकन छिट्टै नै खोप ल्याएर चमत्कार देखाउने छौँ।’

उनले ल्याइएको खोप बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई  लगाउन प्राथमिकता दिइने बताए। ‘खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको छ। तर, खोपले होइन, सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिन्छ,’ उनले भने। 

कोरोनाको तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको पनि उनले जानकारी दिए। 

ताजा अपडेट