फेरि सुरू गर्यो उत्तर कोरियाले आणविक हतियार बनाउन

उत्तर कोरिया । उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बीबीसीका अनुसार एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको छ ।

उत्तर कोरियाले २००९ मै सँयुक्त राष्ट्र संघीय सो संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई उत्तर कोरियाबाट हटाएकाले उसले दिने प्रतिवेदन स्याटेलाइट तस्वीरमा निर्भर छ । एजेन्सीले उत्तर कोरियाले परमाणु हतियार बनाउन प्रयोग हुने प्लाटुनियम प्रशोधन गर्न लागेको हुन सक्ने चेतावनी दिएको छ । एजेन्सीका अनुसार २०१८ देखि कुनै हलचल नदेखिएको ५ मेगावाटको सो आणविक केन्द्रमा पछिल्ला ६ महिनायता हलचल देखिएको छ ।

दक्षिण कोरियाले पनि उत्तर कोरियाको पछिल्लो गतिविधि ननिकै खतरनाख भनेको बीबीसीले जनाएको छ । बीबीसीका सियोल संवाददाताले यंगब्यन आणविक केन्द्रमा हलचल भएको विषयमा दक्षिण कोरियामा चिन्ता बढेको उल्लेख गरेका छन् । उनले २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच यही आणविक केन्द्रलाई लिएर वार्ता भएको थियो ।

सो वार्तामा उत्तर कोरियाले सो आणविक केन्द्र ध्वस्त पार्ने त्यसको बदलामा अमेरिकाले प्रतिवबन्ध हटाउनुपर्ने सर्त राखेको थियो । तर ट्रम्ले किमको सो प्रस्ताव अस्वीकार गरेपछि हनोई वार्ता असफल भएको मानिन्छ ।

केही महिना अगाडि नै किम जोङ उनले उत्तर कोरियाले आणविक हतियार बनाउने घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ ।