उपत्यकामा थपिए ५६४ संक्रमित

A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT

काठमाडौं । काठमाडौं उपत्यकामा आज ५६४ कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७८६ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ।

नेपालमा आज १ हजार ६६४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १४१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ६२ हजार ६४७ जना र एन्टीजेन परीक्षणबाट ८३ हजार ५०५ जना पुगेको छ। 

आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ।

आज १२ हजार २२२ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख १५ हजार १४६ जनाको पिसिआर र ४ लाख ६८ हजार ९४५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।