पर्यटन मन्त्री प्रेम आले : एकातिर चर्चा कमाएर अर्कोतिर धम्क्याउँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले आफ्नो स्वार्थ पूर्ति गर्नका लागि जस्तो हर्कत पनि गर्न तयार हुन्छन् भन्ने कुरा भनिरहनु नपर्ला । डोटीमा काठ तस्करी गरेको आरोप विगतमा खेपेका आले एमाले छाडेर मन्त्री बन्नका लागि नेकपा (एकीकत समावादी) मा गएका थिए । त्यही कारण पनि उनी सो पाटीका तर्फबाट मन्त्री बन्न सफल भएका थिए ।

आले अहिले फेरि चर्चामा आएका छन् तर उनी राम्रो काम गरेर भन्दा पनि अश्लिल गाली तथा ज्यान मार्ने धम्की दिएका कारण चर्चामा आएका हुन् । मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली तथा ज्यान मार्ने धम्की दिएको अडियो मंगलबार विहान सार्वजनिक भएपछि उनी पुन चर्चामा आएका हुन् ।

बतास समूहलाई नारायणहिटी भित्र कफी पसल हटाउन सफल भएका आले पर्यटन बोर्डका कार्यकारीलाई माफियाको संज्ञा दिएपनि निकै चर्चामा आएका थिए । अहिले उनी एकै रातमा पत्तासाफ हुने सकेत देखिएको छ । अमुक नागरिकलाई ज्यान मार्ने धम्की दिने पर्यटन मन्त्रीलाई तत्काल पदबाट मुक्त गर्नु पर्नेमा उनको माउ पार्टी नेकपा एकीकृत समाजवादी सत्यतथ्य छानविन गर्ने भन्दै आलेलाई जोगाउने अभियानमा जुटेको छ ।