एमसीसीमाथि व्याख्यात्मक घोषणा मन्त्रिपरिषदबाट पारित

काठमाडौं । मन्त्रिपरिषद्‍बाट अमेरिकी सहायता परियोजना एमसीसीको व्याख्यात्मक प्रस्ताव पारित भएको छ ।

मन्त्रिपरिषद् बैठकले एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
मन्त्रिपरिषद्‍बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्ने कार्यक्रम छ ।

प्रतिनिधि सभा बैठक आइतबार साँझ नै बस्दैछ ।