नेतालाई सुरक्षा दिएर जनतालाई बमको त्रास

काठमाडौं । एमसीसी संसदबाट व्याख्यात्मक भन्दै पारित गरियो । मध्य रातमा नेपाल वन्दको शंखध्वनी फुकियो । मुलुकभरका लाखौं विद्यार्थीहरु एमसीसी वन्दको मारमा परे । वन्दको आयोजक जो कोही नै भएपनि त्यो केवल जनतामा आतंक फैलाउने एउटा प्रपञ्चमात्र हो । आईतबार राती एमसीसी पास गरिरहँदा वा एमसीसी पारित गर्नेहरुलाइृ प्रहरीको सुरक्षा घेरामा राखेर जनतालाई वन्दको आतंकमा प्रेसर कुकुर बमको आतंक मच्चाउनु कति उचित थियो होला ?

माओवादी केन्द्र होस् या नेकपा समाजवादी वा अन्य दल नै किन नहुने जनताको दैनिक गुजारालाई रोकेर वन्द गर्ने आँट गर्नेले एमसीसी पारित गर्नेको घर घेरा हाल्न किन सकेनन् आम नागरिकहरुको प्रश्न रहेको छ ।

जनताको नाममा राजनीति गर्नेहरुले केही थान नेताहरुले गरेको गल्तीकै कारण जनतालाई दुख दिन कत्तिको जायज होला त ? नेपाल वन्दको आयोजना गर्ने हु्न वा एमसीसीको विरोध गर्ने कार्यकर्ताहरुले बानेश्वर केन्द्रीत हुनु भन्दा गगन थापा, शेरबहादुर देउवा, माघव नेपाल वा पुष्पकमल दाहालको घर घेर्नै दुस्साहस गर्न सक्लान्र ?

नेताको दैलोमा गएर गोहीको आँशु बगाउनेहरुले आम नागरिकलाई दुख दिनु पक्कै पनि जायज हुँदैन । बानेश्वरको बमको त्रास पनि त्यसैको एउटा परिणाम हो । सक्छौ आफ्नै नेताको घर धेर सक्दैनौ जनतालाई त्रास नदेउ ।