सुनको मूल्य घटदै

काठमार्डौ । साताको पहिलो दिन प्रतितोला १ लाख २ हजार ८ सयमा किनबेच भएको छ । छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार ३ समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छन् । सुनको मूल्य यो साता ‌ओरालो लागेको छ ।

साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार ८ सय रुपैयाँले घटेर १ लाख २ हजार तीन ३ रुपैयाँ तोकिएको थियो । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएका छन् ।

मंगलबारको तुलनामा बुधबार तोलामा १ हजार २ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिला दिनको तुलनामा साता चौथो दिन बुधबार सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले घटेको छ ।