होलीमा इच्छाविपरित कसैलाई पनि रङग नदल्न प्रशासनको आग्रह

काठमाण्र्डौ । रङ्गको पर्व हो, होली यस वर्षे जिल्ला प्रशासन कार्यालय चितवनले होली फागुपूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेको

होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उछृङ्खल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङग दल्ने, लोला तथा फोहर पदार्थले हान्ने, मादकपदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ ।

यसमा राजनीतिक दल, नागरिक समाज, पेशागत सङ्घ संस्था, सञ्चारकर्मी, महिला सञ्जाललगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको सूचना दिएका छन् । कसैले अवाञ्छित एवं उछङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले पनि सभ्य तरिकाले फागुपूर्णिमा मनाउन आग्रह गरेको छ ।

प्रहरीले होली खेल्दा अण्डा, मोबिल, लोला जसता फोहर पानी प्रयोग नगर्न आग्रह गरेको छ । मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउन र सवारीसाधन तीव्रगतिमा नचलाउन पनि प्रहरीले आग्रह गदै, मोटरसाइकलमा दुईजना भन्दा बढी नचढ्न, अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान, लागुऔषध सेवन नगर्न र चर्को आवाज आउने गरी डिजे गीत र बाजा नबजाउन पनि प्रहरीले सबैमा जानकारी गराएको छ ।