काठमार्डौ । इलाम नगरपालिका, ७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ११ हजार १ सय २ जनाले सेवा लिएका छन् । सोमबार र मङ्गलबार सञ्चालित दुईदिने शिविरमा जिल्लाका विभिन्न क्षेत्रमा बासिन्दाले सेवा लिएको छ ।
इलाम अस्पतालमा सञ्चालित शिविरमा जिल्लाभरिबाट नि:शुल्क सेवा लिन आएको बताइएको छ । शिविरको पहिलो दिन ५८७ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ५१५ जनाले सेवा लिएका छन् । सबैभन्दा बढी हाडजोर्नीका ३७७ बिरामीले सेवा लिएका छन् । त्यस्तै छालाका २८७ बिरामीले सेवा लिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिइएको छ ।
दुई दिनमा नाक, कान र घाँटीका मात्र २ सय बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर शिव पण्डितले बताएका छन् । शिविरमा हाडजोर्नी विशेषज्ञसहित मुटुरोग, नाक, कान घाँटी, छाला, फिजिसियन एवम् रेडियोलोजी विशेषज्ञको सेवासमेत उपलब्ध गराइएको बताए ।
इलाम ७ ले गएको वर्ष कोरोना महामारीबाट वडावासीलाई जोगाउन रु १० लाख रकम खर्च गरेको थियो । यस वर्षसमेत इलाम अस्पताललाई रु १० लाख रकम कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै वडाले विनियोजन गरेको थियो । सोही रकमबाट शिविर सञ्चालन गरिएको इलाम ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिइएको छ । शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको अस्पतालका व्यवस्थापक खतिवडाले बताएका छन् ।
Add Comment