साफ च्याम्पियनसिप, नेपालले बङ्गलादेशसँग खेल्दै

काठमार्डौ । भारतमा जारी रहेको साफ यू १८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दै छ । भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बङ्गलादेशको सामना गर्दै प्रतियोगिताको समापन गर्नेछ ।

नेपाल र बङ्गलादेशबिचको खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ तर बङ्गलादेशलाई पराजित गर्न सजिलो भने छैन । च्याम्पियनसिपको पहिलो भेटमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ भने बङ्गलादेश आफ्नो जितलाई कायम राख्न चाहन्छ ।

नेपाल, भारत र बङ्गलादेश सहभागी उक्त च्याम्पियनसिपमा नेपालले लगातार ३ खेलमा पराजय भोगेको छ । नेपाल भारतसँग ७–०, बङ्गलादेशसँग ४–२ र भारतसँग पुन ५–१ गोलअन्तरले पराजित भएको छ । ३ खेल खेलेको भारतले तीन खेलमा नै विजयी हुँदै नौ अङ्क जोडेको छ । भारत अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुई खेल खेलेको बङ्गलादेशले तीन अङ्क जोडेको छ ।

बङ्गलादेश अङ्क तालिकाको दोस्रो स्थानमा छन् , भने अङ्क विहीन रहेको नेपाल भने अङ्क तालिकाको अन्तिम स्थानमा रहेको छ । डबल राउण्ड रोविनको आधारमा जारी उक्त च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।