प्रशासनिक भवन उद्घाटन

काठमाडौँ । काठमामडौको टोखा नगरपालिका वडा नं ११ स्थित प्रशासनिक भवन उद्घाटन गरिएको छ । उक्त भवन करिब ४ करोड लागतमा नगरपालिकाले निर्माण गरिएको हो । नगर प्रमुख प्रकाश अधिकारी र वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारीले संयुक्तरुपमा मंगलबार उद्घाटन गरिएका छन् ।

उघाटनको कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाले भाडामा सञ्चालन गरेका प्रशासनिक भवनलाई क्रमशः नगरपालिकाले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरिरहेको बताए । नगरपालिकाले चालू आर्थिक वर्षमा वडा नं २, ६, ९ र ११ को प्रशासनिक भवन निर्माण गरेको बताएका छन् ।

कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालमा वडा नं ११ को प्रशासनिक भवन निर्माण, सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण, सामुदायिक शौचालय निर्माण, कृष्ण मन्दिर, गोरखकाली मन्दिर, महादेव मन्दिर, मनोहर तीर्थ स्थल निर्माणलगायत काम गरिरहेको बताएका छन् ।

ओम प्लाजाबाट गैरीगाउँ जाने बाटो कालोपत्र, शान्ति मिलन मार्ग कालोपत्र, सिआरएस निर्मल बाटिका मार्ग कालोपत्र, आफन्त टोल इलाका सडक कालोपत्र, सुन्दर टोल बाटो ढलान, मिलिजुली टोल ढलान, सुन्दर टोल बाटो स्तरोन्नति तथा ढलान, महादेवटार हाइट मुल सडकबाट पश्चिमतर्फको बाटो खोल्नेल काम गरेको समेत वडा अध्यक्षले बताएका छन् ।

ताजा अपडेट