स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित मेलम्ची चोकमा आजा बिहाना टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बिहान ८ः३० बजे टिपरको ठक्करबाट मृत्यु भएको हो ।

दुवै छोरीलाई मोटरसाइकलमा राखेर घिसिङले स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जानकारी दिइएको छ । घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घटनामा चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ ।

घटनामा गम्बिर घाइते भएको घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ ।