असिना पानिले बागलुङको एक विद्यालयमा क्षति

काठमाडौँ । बागलुङमा विद्यालयको छानो असिनाले प्वाल पारेको छ । असिनाले बाली नालीमा क्षति पुगेको त हामीले सुन्दै आएका छौँ तर बागलुङमा भने हावाहुरी सहित आएको असिनाले विद्यालयको छानो नै प्वाल पारेर क्षति पुराएको छ । दुई वर्षअघि निर्माण गरिएको बागलुङ नगरपालिका ७ स्थित गौरीशङ्कर प्राथमिक विद्यालयको छाना शनिबार र आइतबार परेको असिनाले प्वाल परेर क्षति पुराएको छ ।

विद्यालयको छानोमा प्वाल परेपछि पानी पसेर महत्पुर्ण कागजपत्र र विद्युतीय सामग्रीमा क्षति पुगेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा २०७६ सालमा निर्माण गरिएको विद्यालयको युपिभिसी छाना प्वाल पारेर पठन पाठपाठनमा समस्या भएको छ । असिनाले प्वाल पार्ने छानाको गुणस्तरमा समेत प्रश्न खडा भइरहेको छ ।

२०७६ मा भूकम्प पुनःनिर्माण प्राधिकरण बागलुङ शाखाले २४ लाखको लागतमा उक्त भवन निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र पौडेलले बताए । ग्यारेन्टी छ भन्ने सुनेको थिए, त्यस नम्बरमा फोन गर्दा लाग्दैन, लुम्बिनी इञ्जिनियरिङबाट सामान खरिद गरिएको थियो । उनले भने दुई कोठामा क्षति पुराउँदा अहिले पठनपाठनमा समस्या भएको बताए । असिनाले प्वाल पार्ने छानाको गुणस्तर राम्रो नभएको विद्यालयले गुनासो गरेका छन् । यस विषयमा छाना सप्लायर्सलाई निरन्तर सम्पर्क गर्न खोजिए पनि सम्भव नभएको बताइएको छ ।