दिगो विकास केन्द्रले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । अर्घाखाँची जिल्लामा दिगो विकास केन्द्रले अर्घाखाँची अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । डा जयबहादुर टण्डन र डा मुक्ति श्रेष्ठको पहलमा केन्द्रले अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको हो ।

जिल्ला अस्पतालमा एक कार्यक्रमबीच पिपिई सेट, मास्क, आइग्लास, स्यानिटाइजर, फेसशिल्ड, गगल्स, ओटीगनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । यसअघि सो संस्थाले जिल्लाका विभिन्न १५ स्वास्थ्य संस्थालाई सामग्री समेत प्रदान गरेको थियो ।

अस्पतालमा विभिन्न सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, डा टण्डन, डा श्रेष्ठ, अर्घाखाँची अस्पताल विकास समितिका अध्यक्ष कृष्ण खनाल, प्रमुख डा राजेन्द्र जिसी, डा राजेन्द्र श्रेष्ठ, सन्धिखर्क नगरपालिका ३ का वडाध्यक्ष लीलाराम गौतमलगायत सहभागी भएका थिए ।