जेठ १ देखि हप्ताको दुई दिन सार्वजनिक बिदा हुने

काठमडौँ । नेपाल सरकारले जेठ १ गतेदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ गतेदेखि लागू हुने शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएपछि सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिइएका छन् ।