अवैध लागूऔषध सहित शाह पक्राउ

काठमाडौँ । झापामा अवैध लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका ३ घर भई सयपत्री मार्गमा डेरा गरी बस्ने २६ वर्षीय प्रमोद शाहलाई २ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीर्ले लागुऔषधको कारोबार गरेको बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शाहको कोठा खोजतलासी गर्दा उक्त पदार्थ, नगद ११ हजार ५ सय ४० रूपैयाँ र ७ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको जानकारी छ ।