समाजसेवी रक्तदाता प्रेमसागर पनि काठमाडौंको मेयरमा प्रतिष्पर्धी


काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दल तथा दलबाट टिकट नपाएका र स्वतन्त्र व्यक्तिले समेत उम्मेदवारी दर्ता गराउँदा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार ५६ जना पुगेका छन् ।

नेपाली कांग्रेसले उम्मेदवारी घोषणा गर्नु अघि मौन बसेको नेकपा एमालेले कांग्रेसबाट सिर्जना सिंहलाई उम्मेदवारी दिए लगतै महानगरका पूर्व मेयर समेत रहेका प्रदेश सांसद केशव स्थापितको नाम सिफारिस छ ।

त्यस्तै अन्य दलहरुले पनि मेयरमा दावेदारीका साथ उम्मेदवारी दिईरहँदा नेपालमा सवैभन्दा बढी पटक रक्तदान गरेका स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका प्रेमसागर कर्माचार्यले भने उन्नत नेपाल पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रतिपष्र्धामा उत्रिएका छन् ।


लामो समयदेखिको सामाजिक सेवालाई नीतिगत रुपमा लैजानका लागि र भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरिरहेको भएपनि त्यसलाई सार्थक तुल्याउन मेयर पदको प्रतिष्पर्धामा उत्रिएको प्रेमसागर कर्माचार्य बताउँछन् ।

ठमाडौं महानगरपालिकाको मेयरको प्रतिष्पर्धामा उत्रिएका कर्माचार्य भन्छन्, हामी शासक होइन, सेवक हों, मुलुकमा राष्ट्र सेवक भन्ने जनप्रतिनिधि भन्ने तर भ्रष्टाचारमा लिप्त हुँदै आउने गरकोले’ त्यसको विरुद्ध भ्रष्टाचार मुक्त शहर बनाउनका लागि आफूले प्रतिष्पर्धा गरेको हुँ ।